पोखरा, २८ असोज २०८२।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायलको संसद्मा सम्बोधन गर्दा हंगामा भएको छ।
बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भाषणपछि ट्रम्पले इजरायली संसद् नेसेटलाई सम्बोधन गरेका थिए।
त्यस क्रममा उनले भने, ‘यो क्षेत्र अब शान्तिमा छ र आशा छ- यो शान्ति सधैँभरि रहनेछ।’
ट्रम्पले सम्बोधन गरिरहँदा एक इजरायली विपक्षी सांसदले ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको कागजको टुक्रा प्रदर्शन गरे।
त्यसपछि संसद्मा होहल्ला भयो, जसका कारण ट्रम्पले आफ्नो भाषण रोक्नुपरेको थियो।
कागजको टुक्रा प्रदर्शन गर्ने विपक्षी सांसदलाई तुरुन्तै निष्कासन गरियो। त्यसपछि ट्रम्पले पुनः सम्बोधन सुरु गरे।
उनले इजरायलका प्रधानमन्त्री नेतन्याहु र इजरायल-हमास वार्तामा मध्यस्थता गर्ने अरब देशहरूलाई धन्यवाद दिए।
ट्रम्पले भने, ‘मध्य पूर्वमा, दशकौँदेखि यस क्षेत्रलाई सताउने अराजकता, आतंक र विनाशका शक्तिहरू अब कमजोर, एक्लो र पूर्ण रूपमा पराजित भएका छन्।’
यस वर्ष तीन इरानी आणविक स्थलमा अमेरिकाले हमला गरेको उल्लेख गर्दै ट्रम्पले यो हमलाबिना गाजामा शान्ति सम्झौता सम्भव हुने थिएन भने।
कास्की जिल्ला का’रागारमा ब’न्दी रहेका सुर्यर्दन सहकारी ठ’गी मु’द्दाका मुख्य आरो’पीहरु बेप’त्ता