काठमाडौं, २३ असोज २०८२। ।
भारतको तमिलनाडुस्थित औषधि कम्पनी स्रसेन फर्माका मालिक रंगनाथनलाई प्रहरीले गिरफ्तार गरेको हो।
उक्त कम्पनीले उत्पादन गरेको विषाक्त खोकीको झोल औषधि ‘कोल्ड्रिफ’को सेवनका कारण भारतको मध्य प्रदेश राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भए पछि फर्माका मालिक रंगनाथनलाई मध्य प्रदेश प्रहरीले चेन्नईबाट गिरफ्तार गरेको हो। उनलाई चेन्नईको अदालतमा पेश गरिने छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेले बताएका
रंगनाथनको हिरासतपछि, प्रहरी र स्वास्थ्य विभागले स्रसेन फार्मा विरुद्ध अनुसन्धान तीव्र पारेको छ । सिरपको उत्पादनमा गुणस्तर मापदण्डलाई बेवास्ता गरिएको र परिणामस्वरूप घातक उत्पादन बजारमा पुगेको प्रारम्भिक अनुसन्धानले खुलासा गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित कम्पनीको कार्यालयमा छापा मारेर धेरै कागजातहरू जफत गरेको छ ।
भारतका धेरै राज्यहरूमा यो सिरपका कारण बालबालिकाको मृत्यु भएको रिपोर्टहरू आइरहेका छन्। उक्त कोल्ड्रिफ सिरपमा मिसावट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।
यस घटनामा थप गिरफ्तारी सम्भव भएको अधिकारीहरूले बताएका छन् । सिरपको वितरण सञ्जाल र उत्पादन बेच्ने फार्मेसीहरूमाथि पनि अनुसन्धान भइरहेको छ । कोल्ड्रिफ सिरप प्रयोग गर्न तुरुन्तै बन्द गर्न र आफ्ना बच्चाहरूको लागि तत्काल चिकित्सा सहायता उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।