नेपाली नागरिक दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए

नेपाली नागरिक दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए


  • जन संचार
  • मंगलबार, २१ असोज २०८२
  • 7.1K
    Shares

भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीको इन्काउन्टरमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ।

दिल्लीको आस्था कुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको मुठभेडमा नेपाली नागरिक ३९ वर्षीय भीम महाबदुर जोराको मृत्यु भएको हो। उनको नेपाल घर लालपुर बताइएको छ।

उनलाई पक्राउ गर्नेलाई एक लाख रुपियाँ इनाम दिने भारतीय प्रहरीले घोषणा गरेको थियो।

प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न नेपाली गिरोहका नेता जोरा मे २०२४ मा दिल्लीको जंगपुरामा डा. योगेश चन्द्र पलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाकी मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी लगायत धेरै मुद्दामा खोजी गरिएको प्रहरीले जनाएको छ।

खासगरी, उनी सन् २०२४ मे महिनामा जङ्गुपुरामा कार्यरत डा. योगेश चन्द्र पलको हत्याकाण्डमा मुख्य आरोपी थिए। उनको गिरफ्तारीका लागि सूचना दिनेलाई अधिकारीहरूले १ लाख रुपैयाँको इनाम घोषणा गरेका थिए।

गोप्य सूचनाका आधारमा गुरुग्राम अपराध शाखा र दिल्ली प्रहरीको विशेष टोलीले राति करिब १२:२० बजे आस्था कुञ्ज पार्क नजिकै जोरालाई रोकेको थियो। अधिकारीहरूका अनुसार जोराले प्रहरी टोलीमाथि ६ राउन्ड गोली चलाएका थिए। प्रहरीले जवाफी कारबाहीमा ५ राउन्ड गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

वरिष्ठ प्रहरी अधिकारीका अनुसार, भीम महाबहादुर जोरा गत अक्टोबर २ मा गुरुग्रामको ओर्किड पेटल्स सोसाइटी, सेक्टर ४९ मा बीजेपी पदाधिकारी ममता भारद्वाजको घरमा भएको डकैतीमा पनि संलग्न थिए, जहाँ २० लाख रुपैयाँ चोरी भएको थियो। उक्त अपराधमा उनका सहयोगी युवराज थापा सोही दिन दिल्लीको आनन्द विहारबाट क्राइम ब्रान्च ४३ द्वारा पक्राउ परेका थिए।

प्रतिक्रिया