जापानमा पोखराका छन्त्यालको जापानी प्रेमिकाद्वारा च’क्कुले हा’नेर ह’त्या

जापानमा पोखराका छन्त्यालको जापानी प्रेमिकाद्वारा च’क्कुले हा’नेर ह’त्या


  • जीवन सुवेदी
  • सोमबार, २० असोज २०८२
  • 22.9K
    Shares

काठमाडौँ, २० असोज २०८२।

जापान (टोकियो) २० असोज २०८२ ।

जापानमा पोखराका एक युवाको चक्कुले हा’नेर ह’त्या भएको छ।

म्याग्दीमा स्थायी बसोबास भै हाल पोखरा घर भएका २१ वर्षीय बादल छन्त्यालको जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा च’क्कुले हा’नेर ह’त्या भएको हो।

छन्त्यालको उनकै करीब ३० वर्ष उमेर समूहकी उनकै जापानी प्रेमिकाले ह’त्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, छन्त्याल ती जापानी युवतीसँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा ख’टपट आएपछि दुवैले अलग हुने निर्णय गरेका थिए। त्यसै क्रममा अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए। उक्त होटलमा उनीहरू हरेक आइतवार भेट्ने गरेको बताइन्छ।

प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृ’त अवस्थाको खबर पाएका थिए।

घटनास्थल ती दुवैजना नियमित रूपमा जाने सोही होटलको कोठा रहेको बताइएको छ। प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक च’क्कु प्रहा’र गरिएको पुष्टि गरेको छ।

छन्त्यालको श’वको पो’स्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ।

प्रतिक्रिया