बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 4.2K
    Shares

काठमाडौँ, १९ असोज २०८२।

शुक्रबारदेखिको निरन्तरको वर्षातपछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने संख्या ४३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुने संख्या ह्वात्तै बढेको हो।

आइतबार २ बजेसम्मको अद्यावधिक विवरणअनुसार इलाममा मात्र पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। त्यसैगरी पाँचथरमा १, खोटाङमा खोलाले बगाएर १, उदयपुरमा १, रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्राधिकरणले उल्लेख गरेको छ।

यता रसुवामा खोलाले बगाएर ४ जना तथा इलामा पहिरोमा १ जना गरी ५ जना बेपत्ता छन् भने घाइते संख्या १२ छ। इलाममा ४ जना, पाँचथरमा १, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ जनासहित १२ जना घाइते भएका छन्।

इलामको माङसेबुङ १ बाट दुई जनाको हेलि उद्धार समेत गरिएको छ।

प्रतिक्रिया