अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई दिए ‘अन्तिम मौका : अन्यथा कहिल्यै नभएको विनाश गर्ने धम्की

अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई दिए ‘अन्तिम मौका : अन्यथा कहिल्यै नभएको विनाश गर्ने धम्की


  • एजेन्सीहरु
  • शनिबार, १८ असोज २०८२
  • 2.8K
    Shares

काठमाडौँ, १८ असोज २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न आफ्नो प्रस्तावलाई सहमति जनाउन हमासलाई वाशिंगटन डीसी समयअनुसार साँझ ६ बजेसम्ममासमयसीमा दिएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमासलाई आफ्नो प्रस्ताबमा सहमति दिन उक्त समयसीमा दिएका हुन्।

आफ्नो पोस्टमा ट्रम्पले प्रस्तावलाई यो ‘अन्तिम मौका’ भनेका छन्। उनले लेखेका छन्, ‘यदि यो सम्झौता भएन भने हामी हमासविरुद्ध यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ। मध्य पूर्वमा कुनै न कुनै तरिकाले शान्ति स्थापना हुनेछ।’

ट्रम्पको योजनाअनुसार इजरायल-हमास युद्ध तुरुन्त अन्त्य हुनुपर्नेछ। थुनामा रहेका सयौँ गाजावासी छाडेको बदलामा ७२ घण्टाभित्र हमासले इजरायली बन्धकहरूको रिहाइ गर्नुपर्नेछ।

अरब देश र टर्कीले हमासलाई यो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको विश्वास गरिएको छ। तर हमासका एक वरिष्ठ नेताले यो अस्वीकार हुन सक्ने बताएका छन्।

प्रतिक्रिया