हत्यामा दोषी ठहर पर्वतका थापा साउदी अरबमा पक्राउ : नेपाल ल्याइयो

हत्यामा दोषी ठहर पर्वतका थापा साउदी अरबमा पक्राउ : नेपाल ल्याइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ भाद्र २०८२
  • 6.4K
    Shares

पोखरा, २४ भदौ २०८२।

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका पर्वतका एक व्यक्ति साउदी अरबमा पक्राउ परेका छन्।

कर्तब्य ज्यान सम्बन्धि मुद्दामा अदालतले जन्मकैद (२० वर्ष) कैद सजायं तोकेका पर्वत साविक बेउलीबास गाविस–३ ठेगाना भएका दीपक सारू थापा भन्ने खिमबहादुर थापालाई एनसीबी रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ गरिएको हो।

उनलाई नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे जानकारी दिए।

थापासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेकाले निज पक्राउ गरी नेपाल ल्याइएको उनले बताए।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापालाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार