खाना पकाउने क्रममा सुनसरीमा प्रेसरकुकर बिष्फोट : २३ वर्षिया महिला घाइते

खाना पकाउने क्रममा सुनसरीमा प्रेसरकुकर बिष्फोट : २३ वर्षिया महिला घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ भाद्र २०८२
  • 6.9K
    Shares

पोखरा, २२ भदौ २०८२ ।

सुनसरीमा आज बिहान खाना पकाउने क्रममा प्रेसर कुकर बिष्फोट हुँदा एक महिला घाइते भएकी छिन्।

इनरुवा नगरपालिका–६ घोपाली टोलस्थित रामहरि पोखरेलको घरमा खाना पकाउने क्रममा शनिबार बिहान सवा आठ बजे प्रेसर कुकर पड्किँदा उनको २३ वर्षीया श्रीमती बिष्णु माया दाहाल घाइते भएकी हुन्। उनको अनुहार र दाहिने हातमा चोट लागेको बताइएको छ ।

घाइते दाहाललाई तत्काल जिल्ला अस्पताल ईनरुवामा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार