पोखरा, २२ भदौ २०८२ ।
अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा परेर नेपाली मुलका दुई जना नर्सको निधन भएको छ।
आफूहरु सवार कारले ठक्कर दिएको घाइते कंगारुलाई बचाउन कार रोकेर निस्किएका बेला अर्को सवारीले ठक्कर दिँदा नेपाली मुलका दुई नर्सहरु सरला खड्का र एरिजा सुवालको निधन भएको हो।
प्राप्त विवरण अनुसार , मेलबर्नतर्फ जाँदै गर्दा उनीहरु सवार गाडीले कंगारुलाई ठक्कर दिएको थियो। आफू सवार गाडीको ठक्करबाट घाइते भएको कंगारुलाई सहयोग गर्न कार रोकेर बाहिर निस्कन लाग्दा पछाडिबाट तीब्र गतिमा आएको अर्को कारले ठक्कर दिएको बताइएको छ।
पछाडिबाट आएको गाडी मोड्ने क्रममा चालकले अँध्यारो र वर्षा लागेको कारण अगाडिको कार देख्न नसक्दा उक्त दुर्घटना भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।