गोर्खा घर भएकी महिलाको काठमाण्डौमा ट्रकले ठक्कर दिंदा निधन

गोर्खा घर भएकी महिलाको काठमाण्डौमा ट्रकले ठक्कर दिंदा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ भाद्र २०८२
  • 5.6K
    Shares

पोखरा, २२ भदौ २०८२ ।

काठमाडौँको गोठाटारमा ट्रकले ठक्कर दिँदा गोर्खा घरे भएकी एक महिलाको निधन भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–८ मा बा ५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा हिँड्दै गरेकी गोरखाकी एक महिलाको निधन भएको हो।

निधन हुनेमा गोरखा घर भई काठमाडौँको चाबहिल बस्दै आएकी ५८ वर्षीया जिरादेवी दानी छिन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार