काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिबाट मुखमा टेप लगाएका पांच जना युवा पक्राउ

काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिबाट मुखमा टेप लगाएका पांच जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ भाद्र २०८२
  • 5.7K
    Shares

पोखरा, २१ भदौ २०८२ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि मुखमा टेप लगाएर शान्तिपूर्ण तरीकाले प्रदर्शन गरिरहेका पांच जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरी गरेको निर्णय बिरुद्ध युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको शान्तिपपूर्ण प्रदर्शन कार्यक्रम स्थलबाट प्रहरीले पांच जना युवाहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् । उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएका थिए ।

सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको सो संस्थाका सदस्यहरूले बताएका छन् । संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

‘भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार