पोखरा, २१ भदौ २०८२ ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा कार्यरत प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ ललितपुरस्थित नख्खु कारागार चलान भएका छन्। ललितपुर जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षमा रहने गरी थुनामा पठाउन आदेश गरेका कारण उनी नक्खु कारागार चलान भएका हुन्।
पूर्वपत्नीलाई निर्घात कुटपिट र र बलात्कार गरेको आरोपमा प्रहरी निरिक्षक गुरुङ भदौ ३ गते पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयले उनलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो ।
उनले साउन ३० गते केही समयअघि सम्बन्ध विच्छेद गरेकी आफ्नो पूर्वपत्नीको ललितपुरको हात्तीवनस्थित डेरामा गएर निर्घात कुटपिट गरेका थिए ।