पोखराबाट ठुलो मात्रामा अबैध लागू औषधसहित दुई जना पक्राउ

पोखराबाट ठुलो मात्रामा अबैध लागू औषधसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० भाद्र २०८२
  • 6.8K
    Shares

पोखरा, २० भदौ २०८२ ।

ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट दुई जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १८ चिसाखोलाबाट बुधबार दिउसो चार बजे ठुलो मात्रामा अबैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पोखरा १८ चिसाखोला बस्ने वर्ष १८ को प्रकाश परियार र सोही ठाउँ बस्ने वर्ष ३२ को भिम बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले प्रकाश परियारको घरकोठाबाट DOWELL-100 लेखिएको Tapentadol Tablets- आठ हजार चक्की, DOWELL -75 लेखिएको Tapentadol Tablets चार हजार नौसय र ग २५ प ४४३८ नं.को मोटरसाइकल एउटा बरामद गरिएको दाबी गरेको छ। त्यस्तै भिम बहादुर मगरको घरकोठाबाट लागू औषध DOWELL-100 लेखेको Tapentadol Tablets- छसय ३० चक्की, नगद दुईलाख ३९ हजार र लु.प्र.०१००७ प.४४४७ नम्बरको स्कुटर एक थान र मोबाईल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार