सशस्त्र प्रहरीद्वारा नै लागू औषध खैरो हिरोइनसहित सशस्त्र प्रहरी हवल्दार गिरि पक्राउ

सशस्त्र प्रहरीद्वारा नै लागू औषध खैरो हिरोइनसहित सशस्त्र प्रहरी हवल्दार गिरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ भाद्र २०८२
  • 6.2K
    Shares

पोखरा, १९ भदौ २०८२ ।

सशस्त्र प्रहरीका एक जना हवल्दार मोरङबाट लागुऔषधसहित पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय मनिष गिरी लागुऔषधसहित पक्राउ परेका हुन्।

पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरी हवल्दार गिरीलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रहरीका अनुसार उनको साथबाट ओछ्यानको सिरानीमुनि प्लास्टिकमा लुकाइराखेको अवस्थामा ३० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार