तनहुँमा गएराती दुई वटा स्कुटरहरु र मोटरसाइकल एकापसमा ठोक्किए : एक युवाको निधन, अर्का घाइते

तनहुँमा गएराती दुई वटा स्कुटरहरु र मोटरसाइकल एकापसमा ठोक्किए : एक युवाको निधन, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ भाद्र २०८२
  • 3.6K
    Shares

पोखरा, १८ भदौ २०८२ ।

तनहुँमा गएराति तीनवटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक युवाको निधन भएको छ भने अर्को एक युवा घाइते भएका छन्।

म्याग्दे गाउँपालिका- ४ स्थित पृथ्वीराजमार्गमा मंगलबार राति ११ बजे बिपरित दिशातिर गुडिरहेका ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर आपसमा ठोक्किएकामा तिनै स्कुटरहरुमा ग.२१ प ५११४ नम्बरको मोटरसाइकलसमेत ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा दुवै स्कुटर चालक घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका ग.२१प ३०३६ नम्बरको स्कुटरका चालक तनहुँको म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापा क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका चालक जिल्ला कास्की पोखरा महानगरपालिका २१ बस्ने वर्ष २० का सहनशिल थापालाई प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनामा ग.२३प ८००७ नम्बरको स्कुटर चालक पोखरा-१७ घर भएका १९ वर्षीय प्रवीन क्षेत्री घाइते भएका छन्। उनको जीएससी पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार