पोखरा, १८ भदौ २०८२ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा भर्ना भएकी छिन। मुटुमा एक्कासि समस्या देखिएपछि उनी मंगलबार गङ्गालाल हृदयरोग उपचार केन्द्रमा भर्ना भएकी हुन्।
अध्यक्ष श्रेष्ठको स्वास्थ्य अवस्था क्रमिकरूपमा सुधार भइरहेको प्रदेश सांसद कैलाश चौधरीले जानकारी दिए । अघिल्लो वर्ष उनको मुटुको शल्यक्रिया गरिएको थियो ।