चीनको विजय दिवस परेडमा पहिलो पटक सार्वजनिक रुपमा संगै देखिए सी, पुटिन र किम

चीनको विजय दिवस परेडमा पहिलो पटक सार्वजनिक रुपमा संगै देखिए सी, पुटिन र किम


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा, १८ भदौ २०८२ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन पहिलो पटक सार्वजनिक रुपमा सँगै देखिएका छन्।

चीनको राजधानी बेइजिङमा आज आयोजना भैरहेको विजय दिवस परेड कार्यक्रममा उनीहरु पहिलो पटक सार्वजनिक रुपमा संगै देखिएका हुन्। उक्त परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ।

सोही परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार