गोरखा बस दुर्घटना अपडेट : यी हुन् २१ जना घाइते (सूचीसहित)

गोरखा बस दुर्घटना अपडेट : यी हुन् २१ जना घाइते (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 7K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

गोरखामा आज बिहानै भएको बस दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ।

मंगलबार बिहान काठमाडौँबाट आरुघाटका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटनाग्रस्त हुँदा भएका घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।

उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ । खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार