पोखरा, १७ भदौ २०८२ ।
बाँकेमा गएराती एक जनाले आफ्नै सालाको हत्या गरेका छन्। आफ्नै श्रीमतीसँग झगडा गरिरहेका बाँकेको सिमल घारीका दिनेश घर्ती मगरले आफ्नै साला अर्जुन रानामगरको हत्या गरेका हुन्।
श्रीमतीसँग भएको झगडा छुट्टाउन भनेर गएका साला अर्जुन रानामगरलाई भिनाजु दिनेश घर्ती मगरले शुरुमा बियरको बोतलले घाँटीमा हानेर घाइते बनाइसकेपश्चात मासु काट्ने दाबले मुखमा हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
