चितवनमा बस र मोटरसाइकल ठोक्किए : तनहुँ भिमाद्का युवाको निधन

चितवनमा बस र मोटरसाइकल ठोक्किए : तनहुँ भिमाद्का युवाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 7K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

चितवनमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तनहुँका एक युवाको निधन भएको छ। नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँएर भएको दुर्घटनामा तनहुँका एक युवाको निधन भएको हो।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल तनहुँको भिमाद -२ बस्ने २९ वर्षीय किशन विश्वकर्मालाई तत्काल उद्धार गरी उपचारार्थ चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

उक्त घटनापश्चात दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार