बारामा गएराती दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए : दुई युवाको निधन

बारामा गएराती दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए : दुई युवाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ भाद्र २०८२
  • 5K
    Shares

काठमाडौँ, १६ भदौ २०८२ ।

बारामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा दुई युवाओ निधन भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२ मा आइतबार साँझ बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना युवाको निधन भएको हो।

उक्त दुर्घटनामा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बा९०प ६७९४ नम्बर को मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए। दुर्घटनामा घाइते हुने भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार