काठमाडौँ, १५ भदौ २०८२ ।
ठुलो मात्रामा अबैध लागू औषध चरेश र खैरो हिरोइनसहित कैलालीबाट पांच जना पक्राउ परेका छन्।
अबैध लागू औषध चरेस पांच किलो छसय ९० ग्राम र चार ग्राम ९० मिलिग्राम खैरो हिरोइन सहित पंचा जनालाई प्रहरीले कलिलालीबात पक्राउ गरेको हो।
शुक्रवार धनगढी उप–महानगरपालिका – २ त्रिनगर ब्यारेलबाट खैरो हेरोइन सहित २ जना, चरेस सहित धनगढीबाट होटल सञ्चालक र धनगढी जुगेडाबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।
लागू औषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिगएको संयुक्त प्रहरी टोलीले डोटीको शिखर नगरपालिका – ८ घर भई हाल गोदावरी नगरपालिका – १ बस्दै आएका ३५ वर्षीय वीर बहादुर रावलले चलाएको सु. प. प्र. ०४००१ प ०६६५ नम्बरको मोटरसाइकल चेक गर्दा उनको साथबाट दुईग्राम सातसय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै सोही टोलीले चुरे गाउँपालिका – ३ का ३२ वर्षीय मोहन मल्ललाई शङ्का लागि चेकजाँच गर्दा उनको मोबाइलको खोल भित्र लुकाई–छिपाई राखेको पांच सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता लोक राज जोशीले बताए ।
यसैबिच प्रहरीले धनगढी उप–महानगरपालिका – २ मिलन चोकमा जयराम होटल एन्ड लज रेस्टुरेन्ट सञ्चालन गर्दै आएका बझाङको बुङ्गल नगरपालिका – ८ का ३२ वर्षीय राम बोहरालाई पक्राउ गरेको उनले सह प्रवक्ता जोशीले बताए । उनले होटलमा शङ्का लागि चेकजाँच गर्दा ५ किलो ६९० ग्राम चरेस बरामद गरिएको बताए ।
यसैबिच धनगढी उप–महानगरपालिका १२ जुगेडाबाट जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिगएको संयुक्त प्रहरी टोलीले सु।प।प्र।०१०१३ प २३४५ मोटरसाइकल चालक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका – १२ का २३ वर्षीय विजय बिक र मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका – ७ का २२ वर्षीय प्रदीप राना पक्राउ परेका छन् ।उनीहरूको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।