लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना

लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ भाद्र २०८२
  • 5.3K
    Shares

rain with lightening

पोखरा, १५ भदौ २०८२ ।

पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टारमा भारी मात्रामा वर्षा मापन गरिएको छ।

वर्षा मापन केन्द्रले आइतबार बिहान २ः २० मा एक सूचना जारी गर्दै पछिल्लो तीन घण्टामा साे क्षेत्र भारी वर्षा भएको जनाएको हो ।

वर्षासँगै सो क्षेत्र भएर बहने स-साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार