कारागारबाट छुटेको १५ दिनमै पुनः मोटरसाइकल चोर्दाचोर्दै घिसिङ काठमाडौंमा पक्राउ

कारागारबाट छुटेको १५ दिनमै पुनः मोटरसाइकल चोर्दाचोर्दै घिसिङ काठमाडौंमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ भाद्र २०८२
  • 5.8K
    Shares

काठमाडौँ, १५ भदौ २०८२ ।

कारागारबाट छुटेको १५ दिनमै पुनः चोरीमा संलग्न भएको आरोपमा एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।

सर्लाहीको वाग्मती नगरपालिका–१ का ३२ वर्षीय लालबहादुर घिसिङलाई चाबी फुटाउने ‘टि’ र चोरीको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । गएको साउन २६ गते कारागारबाट छुटेका घिसिङलाई छुटेको १५ दिनमै महानगरीय प्रहरी वृत्त गौशालाले फेरि मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरेको हो।

प्रहरीका अनुसार घिसिङविरुद्ध यसअघि विभिन्न जिल्ला र प्रहरी इकाइमा डाका, चोरी, ठगी तथा अभद्र व्यवहारका थुप्रै मुद्दा दर्ता भएका छन् ।

२०७९ वैशाख १२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा डाका तथा चोरी मुद्दा चलेको थियो भने, त्यस्तै २०७९ भदौ ५ गते इलाका प्रहरी कार्यालय केशरगन्ज सर्लाहीमा अभद्र व्यवहार, २०८० भदौ ६ गते बानेश्वरमा मोटरसाइकल चोरी मुद्दा चलेको प्रहरीले जनाएको छ ।

यस्तै, २०८० चैत १४ गते काभ्रेको बनेपामा र २०८१ वैशाख ४ र १३ गते भक्तपुरको ठिमीमा चोरी तथा डाका मुद्दा चलेका थिए । सोही वर्षको असोज ६ र ८ गते भक्तपुरमै डलर सम्बन्धी ठगी मुद्दा खेपेका उनी कात्तिक १ गते स्वयम्भूबाट समेत ठगी मुद्दामा पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार