चितवन, १४ भदौ २०८२।
चितवनको भरतपुरमा गएराती भएको कार दुर्घटनामा परेर एक जना चिकित्सकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० बिशालचोकस्थित सडक किनारमा रहेको रुखमा बा १५ च ४६९३ नम्बरको कार ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।
रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यसअघि नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा. भट्ट केही समययता भने कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध थिएनन्।
दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।