हृदयाघातकाकारण लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

हृदयाघातकाकारण लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा,१४ भदौ २०८२।

रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको निधन भएको छ।

परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानको हृदयाघात (हार्टअट्याक) का कारण आज बिहान ९ बजे उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको अन्त्येष्टि आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत रूपमा गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिएका छन्।

सजरुद्दिन नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार