स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बिर्तामोडका व्यवसायी प्रसाईको मृत्यु

स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बिर्तामोडका व्यवसायी प्रसाईको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ भाद्र २०८२
  • 5.3K
    Shares

पोखरा,१४ भदौ २०८२।

स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर झापाको बिर्तामोडस्थित एक व्यवसायीको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–२ स्थित ग्रिन पार्कभित्रको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बिर्तामोडका व्यवसायी ३३ वर्षीय प्रकाश प्रसाईको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न उक्त पार्क पुगेका थिए। सोही क्रममा प्रसाई पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार