पोखरा , १३ भदौ २०८२।
हुम्लामा एउटा स्वास्थ्य चौकीका इन्चार्जसहित तीन जना कर्मचारी पक्राउ परेका छन्। जिल्लाको ताँजाकोट गाउँपालिका–३, मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका हुन्।
उनीहरुलाई हुम्लामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) शंकर पोख्रेलले जानकारी दिए।