अमेरिकी प्रहरीले गोली हानेर घाइते बनाएका भारतीयको मृत्यु

अमेरिकी प्रहरीले गोली हानेर घाइते बनाएका भारतीयको मृत्यु


  • एजेन्सीहरु
  • शुक्रबार, १३ भाद्र २०८२
  • 8.9K
    Shares

काठमाडौँ,१३ भदौ २०८२।

अमेरिकी प्रहरीले गोली हानेर घाइते बनाएका एक जना भारतीयको मृत्यु भएको छ।

गत १३ जुलाई २०२५ को बिहान ९:२० बजे लस एन्जलस, क्यालिफोर्नियास्थित क्रिप्टो डट कम एरेनाको बाहिर तरवार बोकेर हिँडिरहेको अवस्थामा अमेरिकी प्रहरीले गोली हानेर घाइते बनाएका गुरप्रीत सिंहको मृत्यु भएको हो।

सिंहले फिग्योरुवा स्ट्रीट र ओलम्पिक बुलेवार्डमा तरवार हल्लाउँदै हिँडेका थिए। प्रहरीले उनलाई नियन्त्रण गर्ने क्रममा गोली प्रहार गरेको बताइएको छ।

प्रतिक्रिया