साँगा पुल बारे भिडियो सामाग्री बनाएकी सामाजिक अभियन्ता आशिका तामाङलाई पांच दिन कैद सजायं

साँगा पुल बारे भिडियो सामाग्री बनाएकी सामाजिक अभियन्ता आशिका तामाङलाई पांच दिन कैद सजायं


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ भाद्र २०८२
  • 4.9K
    Shares

काठमाडौँ,१३ भदौ २०८२।

भक्तपुर जिल्ला अदालतले ‘सामाजिक अभियन्ता’ आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको बिहीबारको इजलाशले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।

तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रव कसुरमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो। त्यही विषयमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।

अदालतले आशिकालाई ५ दिन जेल सजाय र ५ सय रुपैयाँ जरीवना तोकेकोमा आशिकाले जेल बस्न भने नपर्ने भएको छ।
आशिका यसअघि नै प्रहरी हिरासतमा पांच दिनभन्दा बढी अवधि बसिसकेकी छन् । जेल सजायमा हिरासत बसेको अवधि पनि गणना हुने भएकाले आशिकाको सजाय भुक्तानी भइसकेको भक्तपुर प्रहरी स्रोतले जानकारी दिएको छ ।

आशिकालाई पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गत माघ २ गते पक्राउ गरी प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको थियो । माघ १४ गते उनी १० हजार धरौटी तिरेर रिहा भइन् । तर, तत्कालै उनलाई भक्तपुर प्रहरीले पक्राउ गर्यो । सांगाको घटनाबारे सुर्यविनायक नगरपालिकाले उनीमाथि भक्तपुर प्रहरीमा उजुरी दिएको थियो । त्यसका आधारमा पक्राउ गरेर आशिकालाई ५ दिन जगाती प्रहरी वृत्तमा राखियो । उनी माघ १४ गते २० हजार धरौटीमा रिहा भएकी थिइन् ।

सांगाको मुद्दामा ५ दिन जगाती प्रहरीको हिरासतमा बसेकाले उनको अहिलेको जेल सजाय कट्टी भएको हो । आशिकाले अदालतको फैसला बमोजिम ५ सय जरीवाना र ८ हजार ३ सय क्षतिपूर्ति रकम भने तिर्नुपर्ने छ । यस्तै पिडित राहत कोषमा २–२ सय जम्मा गर्नुपर्ने छ ।

आशिका तामाङ स्वयम् आफुले भने सामाजिक सञ्जालमा एक स्टाटस राखेर आफुलाई भक्तपुर जिल्ला अदालतले सफाई दिएको बताएकी छिन। उनले आफुलाई भक्तपुर जिल्लाको सागामा अबस्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँको बिरोध गरेको केशमा आज मलाई न्यायाधीशले सफाइ दिनु भए को छ” भनेकी छिन।

प्रतिक्रिया
सम्बन्धित समाचार