डडेल्धुरामा जिप खस्यो : चार जनाको घटनास्थलमै मृत्यु , सात जना घाइते

डडेल्धुरामा जिप खस्यो : चार जनाको घटनास्थलमै मृत्यु , सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ भाद्र २०८२
  • 4.9K
    Shares

पोखरा, १२ भदौ २०८२।
डडेल्धुरामा आज बिहानै जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर बिष्टले दिएको जानकारी अनुसार , घाइते हुनेमा नवदुर्गा-५ बस्ने १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, जीप चालक ३५ वर्षीय रामबहादुर साउदसहित अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुशीला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक बिष्टले जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेकाले स्थिती यकिन नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार