पोखरा, ११ भदौ २०८२।
जलिरहेको अवस्थामा आज बिहान भेटिएका रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि उपचारका क्रममा मृत्यु भएको छ। पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार बिहान उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेर भिडियो तयार गरेर उनले आफ्नो शरीरमा आफैले आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबी शाहको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।