रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा आज बिहान भेटिएका छन्।
रुबी साहको हत्या आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोस्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे शरीरमा आगो लागि जलिरहेको अवस्थामा भेटिएका हुन्। उनले आफ्नै शरीरमा आफैले पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।
गम्भीर बिरामी अवस्थामा फेला परेका उनलाई उपचारका लागि गरुडास्थित एक अस्पतालमा पुर्याएको प्रहरीले बताएको छ ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।