नवलपुरमा अटो दुर्घटना : एक जना भारतीयको मृत्यु, ११ जना घाइते

नवलपुरमा अटो दुर्घटना : एक जना भारतीयको मृत्यु, ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ भाद्र २०८२
  • 3.7K
    Shares

पोखरा, ११ भदौ २०८२।

नवलपुरमा अटो दुर्घटना हुँदा एक जना भारतीयको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

किर्तिपुरबाट दलदले तर्फ आउदै गरेको लु १ स ९०९४ नं.को सामान बोक्ने अटो नवलपुरको देवचुली-६ टोक्रे खोला पुल नजिक दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य ११ जना घाइते छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका भारतको मोतिहारीकी ३५ वर्षीय रिजुवाना खातुनको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पछाडी ढाला भएको उक्त अटो चालकले नियन्त्रण गुमाइ बाटोबाट तल खसी दुर्घटनाग्रस्त भएको प्राप्त जानकारीमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार