स्याङ्जास्थित चिरुवा आधार आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड : एक युवा पक्राउ

स्याङ्जास्थित चिरुवा आधार आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड : एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा, ११ भदौ २०८२।

स्याङ्जामा एउटा स्वास्थ्य चौकी तोडफोड भएको छ।

स्याङ्जा जिलाको पुतलीबजार नगरपालिका वडा नम्बर २ चिरुवा स्थित चिरुवा आधार आधारभूत स्वास्थ्य केन्द्रमा गएको राती करीब आठ बजेको समयमा तोडफोड भएको हो। उक्त दिन त्यस स्वास्थ्य केन्द्रका झ्याल , ढोका लगायत तोडफोड भएको प्रहरीले जानकारी दिएको छ।

उक्त आधारुभुत स्वाथ्य केन्द्र तोडफोड गरेको आरोपमा पुतलीबजार नगरपालिका वडा नम्बर ०२ बस्ने बर्ष २२ को राम किसन गुरुङलाई आइतबार पक्राउ गरी आपराधिक उपद्रव गरेको कसूरमा स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार