गएराती दोलखामा दुई मोटरसाइकल ठोक्किए : स्ववियु सभापतिसहित दुइ जनाको निधन

गएराती दोलखामा दुई मोटरसाइकल ठोक्किए : स्ववियु सभापतिसहित दुइ जनाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ भाद्र २०८२
  • 2.7K
    Shares

पोखरा, ११ भदौ २०८२।

दोलखामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा स्थानीय क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ।

दोलखाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा गएको राती करिब ९ बजे दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा स्थानीय गौरिशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति भिमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ का २५ वर्षीय सुजन दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अर्का मृतक सुजन जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए ।
घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार