पोखरा, १० भदौ २०८२।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो ।
प्रहरीका अनुसार , ग९प ३९९२ नम्बरको मोटरसाइकल चढेर बेलचौताराबाट दुलेगौडा आउँदै गरेको अवस्थामा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई तत्काल उद्धार गरेर जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पुर्याई प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
विष्णुका एक श्रीमती, एक छोरा र एक छोरी छन् । खत्री पछिल्ला समयमा शुक्लागण्डकी स्वच्छ वातावरण अभियानसँगै नागरिक पहिलो अभियानमा लागेर सामाजिक कार्यकासाथै विकृति विसंगती विरुद्ध आवाज उठाउदै आएका थिए ।