पोखरा, ८ भदौ २०८२।
स्याङजामा बोलेरो जिप दुर्घटना हुदा १७ जना घाईते भएका छन ।
स्याङजाको गल्याङदेखि कालिगण्डकी गाउँपालिकाको कोटाकोट जाँदै गरेको लु १ ज ३१७४ नम्वरको बोलेरो जिप कालिगण्डकी गाउँपालिका ७ मिर्मि आरुखरकमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
जिप सडकवाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटनामा परि जिपमा सवार १८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख दधिराम न्यौपानेले बताए ।