दाङबाट माओवादी केन्द्रका नगर सहइन्चार्जसहित पांच जना पक्राउ

दाङबाट माओवादी केन्द्रका नगर सहइन्चार्जसहित पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ भाद्र २०८२
  • 2.2K
    Shares

इलाका प्रहरी कार्यालय तुलसीपुर

पोखरा, ८ भदौ २०८२।

दाङबाट माओवादी केन्द्रका नेतासहित पांच जना पक्राउ परेका छन्।

तुलसीपुरका व्यापारी आत्महत्या दुरुत्साहन मुद्दामा नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सहइन्चार्ज चित्र बहादुर खडका (अनुपम), तुलसीपुर उपमहानगरपालिका –५ निवासी ४२ वर्षकी खुमा भन्ने राधिका वली, रुकुम घर भइ हाल तुलसीपुर– ५ निवासी ४२ वर्षका चन्द्र बहादु खडका, ४० वर्षका यादव श्रेष्ठ, तुलसीपुर –६ निवासी ४० वर्षकी नन्दा वलीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुरको घोराही रोडमा कालिका अडियो सेन्टरका संचालक दुर्गा भुसाललाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामामा सात दिनको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

गएको मङ्गलबार राति आफ्नै पसलमा मृत अवस्थामा भेटिएका भुसालले लेखेको सुसाइट नोटमा आठ जनाको नाम उल्लेख गरिएको बताइएको छ।

मृतक भुसालले विभिन्न व्यक्तीसंग सापटी लिएर लगानी गरेको करोडौँ आर्थिक रकम समयमै असुल नभएपछि आत्महत्या गरेको भन्दै सुसाइट नोटमा ८ जनाको नाम र रकम सहित उल्लेख गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतलाइ उद्दृत गर्दै प्राप्त समाचारमा जनाइएको छ।

यस अघि करिब २० करोड रुपैयाँ ऋण रहेको ठानिएका तुलसीपुरका व्यापारी रामबहादुर वलीले पनि करीब सात महिना अघि आत्महत्या गरेका थिए । यस पटक पक्राउ पर्नेमा मृतक राम बहादुर वलीकी श्रीमती राधा वली पनि रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार