रौतहटमा सुटकेशभित्र महिलाको शब भेटियो : हत्या गरिएको आशंका

रौतहटमा सुटकेशभित्र महिलाको शब भेटियो : हत्या गरिएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ भाद्र २०८२
  • 4.5K
    Shares

पोखरा, ८ भदौ २०८२।

रौतहटको गौरमा शनिबार एउटा सुटकेशभित्र महिलाको शब भेटिएको छ।

गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आज एक सुटकेशभित्र महिलाको शव भेटिएको हो।

बेवारिशे अवस्थामा भेटिएको उक्त सुटकेश रस्सीले बाँधिएको उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव भएको खुलेको प्रहरीले जानकारी दिएको छ। महिलालाई हत्या गरेर शब सुटकेशमा हालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार