अदालतले तोकेको जरिवाना नतिर्ने दुई युवतीसहित तीन जना स्याङजामा समातिए

अदालतले तोकेको जरिवाना नतिर्ने दुई युवतीसहित तीन जना स्याङजामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ भाद्र २०८२
  • 7.5K
    Shares

पोखरा ५ भदौ २०८२।

के तपाइलाई अदालतले कुनै मुद्दामा दोषी ठहर गरी जरिवाना समेत तोकेको छ। कतै तपाईं अदालतले तोकेको पांच – सातसय जरिवाना त हो नि भनेर नतिरी हेल्चेक्र्याई गरेर बसिरहनु भएको त छैन ? त्यसो नगर्नुस है, अदालतले जे जति सजायं वा जरिवाना तोकेको हो , खुरुक्क तिर्नुस। नत्र तपाइलाई प्रहरीले पक्राउ गरेर हत्कडी लगाई अदालतमा पुर्याएर उक्त सजायं वा जरिवाना तिराउला नि।

हो त्यस्तै भएको छ स्याङजामा। जरिवाना तोकिएको रकम नबुझाउदा दुई युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर फैसला कार्यन्बयनका लागि स्याङजा जिल्ला अदालतमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले अर्घाखाँची मालारानी गाउँपालिका –७ की आस्मा भट्टराई, पुतलीबजार नगरपालिका –६ टक्सारकी यमुना गुरुङ र अन्जना गुरुङलाई पक्राउ गरेर फैसला कार्यन्बयानका लागि जिल्ला अदालत स्याङजामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

अदालतको आदेशअनुसार भट्टराईले ‘चेक अनादर’ मुद्दामा पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेमा बाँकी राखेकी थिइन् । त्यस्तै, यमुना गुरुङ र अन्जना गुरुङ दुवै ‘अंशवण्डा’ मुद्दामा दोषी ठहर भई जनही आठ सय पच्चीस रुपैयाँ तेत्तीस पैसा जरिवाना तिर्नुपर्नेमा फरार रहेका थिए ।

जम्मा दुई हजार एक सय पचास रुपैयाँ छैसठ्ठी पैसा बराबरको जरिवाना असुलका लागि पक्राउ परेकालाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार