पोखरा ४ भदौ २०८२।
कन्चनपुरस्थित भीमदत्त नगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्।
वलात्कार आरोपमा भिमदत्त नगर प्रहरी इन्चार्ज असइ ३२ वर्षीय सुरेश बोहरा पक्राउ परेका हुन्।
विवाहित ३२ वर्षीया एक महिलाले गत साउन ३० गते दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बोहराबिरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।