सात वर्षीय छोरासहित १० दिनअघि बेपत्ता भएकी स्याङजाकी शिक्षिका पाण्डेका आमाछोरा नवलपुरमा मृत भेटिए

सात वर्षीय छोरासहित १० दिनअघि बेपत्ता भएकी स्याङजाकी शिक्षिका पाण्डेका आमाछोरा नवलपुरमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ भाद्र २०८२
  • 10.1K
    Shares

पोखरा २ भदौ २०८२।

करीब १० दिन अघि सात वर्षीय छोरासहित बेपत्ता भएकी स्याङजाकी शिक्षिका श्यामकला पाण्डेका आमा छोरा नवलपुरमा मृत भेटिएका छन्।

गत साउन २३ गतेदेखि बेपत्ता स्याङजाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी शिक्षिका २६ वर्षीया श्यामकला पाण्डे र उनका सात वर्षीय छोरा अर्पित पाण्डे आज नवलपुरमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार , शिक्षिका श्यामकला पाण्डेको शब नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा भेटिएको छ भने उनका सात वर्षीय छोरा अर्पितको शब करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा भेटिएको बताइएको छ। उनीहरुको शब सडेगलेको अवस्थामा भेटिएको बताइएको छ।

दुवै शव’लाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डेका अनुसार मृतक बालकको कानको मुन्द्रा र घाँटीको मालाबाट पहिचान गरिएको हो। शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ गएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार