काठमाण्डौको होटलमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पर्सामा समातिए

काठमाण्डौको होटलमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पर्सामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०८२
  • 6.2K
    Shares

काठमाण्डौ, १ भदौ २०८२।

काठमाण्डौको होटलमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पर्सामा समातिएका छन्।

काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुस्थित कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेर भागेका काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी न्पर्सामा पक्राउ परेका हुन्।

बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका सेंचुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदै गरेको प्राप्त समाचारमा जनाइएको छ। सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए । हत्यापश्चात सेन्चुरीले श्रीमतीको शबलाई बक्स पलङमुनि लुकाएर भागेका बताइएको छ।

घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए । तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव उक्त होतालामा भेटिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार