चार दिनदेखि हराएकी महिला काठमाण्डौको गोंगबुस्थित होटलमा मृत भेटिइन्, भागे श्रीमान्

चार दिनदेखि हराएकी महिला काठमाण्डौको गोंगबुस्थित होटलमा मृत भेटिइन्, भागे श्रीमान्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०८२
  • 18.4K
    Shares

मृत महिला, dead woman

काठमाण्डौ, १ भदौ २०८२।

चार दिनदेखि हराएकी एक महिला काठमान्डौको गोंगबुस्थित होटलमा मृत भेटिएकी छिन्।

नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल बूढानीलकण्ठ-२ बस्ने २७ वर्षीया ललिता बिक काठमाडौँ महानगरपालिका-२६, गोंगबु मित्रनगरस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोशी होटल एण्ड लजको कोठा नं. २०१ मा खाटमुनि मृत भेटिएकी हुन्। उनी साउन २८ गतेदेखि हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए।

करिब दुई वर्षअघि काभ्रे, भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग बिबाह गरेकी ललिताको श्रीमान र परिवारसंग सम्बन्ध राम्रो नभएको परिवारजनले बताएका छन्। तर साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएर लगेका थिए। त्यहीँ होटलमा ललिताको हत्या गरी शव बेडमुनि लुकाएर सन्तोष साथीको कोठामा गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनापछि साउन २८ गतेदेखि ललिता हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए। खोजीमा सन्तोष स्वयं संलग्न देखिए पनि साउन ३० गते दिउँसोदेखि उनी फरार भएका छन्।

हाल मृतकको शव शिक्षण अस्पतालमै राखिएको छ भने बाबुले सन्तोष सेन्चुरीलाई प्रत्यक्ष किटानी गरेर जाहेरी दिएको प्रहरीले जनाएको छ। शव बुझ्ने सम्बन्धमा भने अझै सहमति हुन सकेको छैन।

प्रहरीले फरार अभियुक्त सन्तोषको खोजी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार