सकियो पुटिन र ट्रम्पबीचको पत्रकार सम्मेलन : दुवैले पत्रकारहरूको प्रश्नको जवाफ नदिई बाहिरिए

सकियो पुटिन र ट्रम्पबीचको पत्रकार सम्मेलन : दुवैले पत्रकारहरूको प्रश्नको जवाफ नदिई बाहिरिए


  • एजेन्सीहरु
  • शनिबार, ३१ साउन २०८२
  • 4.4K
    Shares

पोखरा, ३१ साउन २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच अमेरिकाको अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा युक्रेन युद्धबारे करीब तीन घण्टा लामो वार्ता भएको छ। जसमा दुवै देशका प्रतिनिधिमण्डल उपस्थित थिए। यद्यपि, यो कुराकानीको विवरण सार्वजनिक गरिने छैन।

वार्ता सकिएपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन शुरु भएको छ। यस क्रममा पुटिनले रुसको सुरक्षा सर्वोपरि रहेको बताए। उनले अर्को बैठक मस्कोमा गर्ने सुझाव दिए।

अमेरिकाका राष्ट्रपति ट्रम्पले केही मुद्दामा कुनै सहमति नभएको तर समग्रमा कुराकानी सकारात्मक रहेको बताए।

पत्रकार सम्मेलनमा ट्रम्प र पुटिनले कुन-कुन बुँदामा सहमति भएको भन्ने कुरा पनि बताएनन्।

आफ्ना कुरा भनिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिए र पत्रकारहरूको प्रश्नको जवाफ पनि दिएनन्।

राष्ट्रपति पुटिन १० वर्षपछि शनिबार अमेरिका पुगेका थिए।

प्रतिक्रिया