नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसपर्मण

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसपर्मण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ साउन २०८२
  • 9.3K
    Shares

पोखरा ३१ साउन २०८२।

नवलपुरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसपर्मण गरेका छन्।

जिल्लाको नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले शुक्रबार आफ्नै ४७ बर्षीया श्रीमती गोमा पौडेलको हत्या गरेर प्रहरीसमक्ष आत्मसपर्मण गरेका हुन् । मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपुरकि जिल्ला उपाध्यक्ष हुन् ।

घरायसी विवादमा महेन्द्रले आफ्नै श्रीमती गोमा पौडेललाइ शुक्रबार विहान साढे १० बजेतिर तरकारी काट्ने चक्कुले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए। श्रीमतीको हत्या गरेपश्चात महेन्द्र हातमा त्यही चक्कु लिएर प्रहरीसमक्ष पुगेको प्रहरीले बताएको छ।

घटना बारे थप अनुसन्धान भईरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार