मुस्ताङचोक दुर्घटना अपडेट : गौतमको उपचारका क्रममा निधन, श्रेष्ठलाइ हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी

मुस्ताङचोक दुर्घटना अपडेट : गौतमको उपचारका क्रममा निधन, श्रेष्ठलाइ हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०८२
  • 26.5K
    Shares

पोखरा ३० साउन २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित मुस्ताङचोकमा आज एकाबिहानै भएको सवारी दुर्घटनामा घाइते भएका एक युवाको निधन भएको छ।

पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको उपचारका क्रममा निधन भएको हो। उनीसंगै गम्भीर घाइते भई हाल पोखरा स्वास्थ्य बिगायं प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनलाई काठमाण्डौ लैजान हेलिकप्टरको खोजी भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरु चढेको प्र३ – ०२ – ०१३ – प ५८०४ नम्बरको मोटर साइकल आज बिहान पोखराको मुस्ताङचोकमा करीब ५ . ५५ बजे ग ख ७९२९ नम्बरको ट्रिपर र्भित्रै छिरेर दुर्घटनाग्रस्त भएको हियो। ट्रिपर पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको गरेको थियो भने मोटरसाइकल राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार