स्याङजा प्रहरीमा सुन चोरी भएको झुट्ठा उजुरी दिने महिला पक्राउ

स्याङजा प्रहरीमा सुन चोरी भएको झुट्ठा उजुरी दिने महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०८२
  • 6.2K
    Shares

पोखरा ३० साउन २०८२।

स्याङजास्थित प्रहरी कार्यालयमा सुनका गरगहना चोरी भएको झुट्टा सूचना दिने एक युवा पक्राउ पर्फेका छन्।

प्रहरीलाई सुनका गरगहना चोरी भएको झुठ्ठा सूचना दिएको आरोपमा स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर ०१ चारघरे बस्ने देवी कुमारी गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, अभियुक्ता गुरुङले गत मंगलबार दिउसो आफ्नो घरबाट कोही नभएको समयमा चार थान सुनका गरगहना चोरी भएको सुचना दिएकी थिइन्। उक्त सुचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान एबम सोधीखोजी गर्दै जाँदा हराएको भनिएको सुन मध्ये तीन थान भोलिपल्ट बुधबार अभियुक्ता देवी गुरुङकै घरमा फेला पारेको प्रहरीले बताएको छ।

चार थान सुन हराएको सूचना आएको भए पनि तीन थान उनकै घरबाट बरामद भएको र बाँकी सुनका गरगहना चोरी भएको हो कि के भएको हो भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक सुचना जारी गरेर आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनि झुट्टा उजुरी नगर्नुहुन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार