गएराती चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किंदा सशस्त्र प्रहरी जवान बोहराको मृत्यु , अर्का सशस्त्र प्रहरी घाइते

गएराती चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किंदा सशस्त्र प्रहरी जवान बोहराको मृत्यु , अर्का सशस्त्र प्रहरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०८२
  • 12K
    Shares

पोखरा ३० साउन २०८२।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा गएराती ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

बाप्र ०६–००१ क ०४४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल बिहीबार साँझ मध्यविन्दु नगरपालिका–८ पुलवारिमा एकापसमा ठोक्किंदा सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

सोही दुर्घटनामा परी २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा बोहोराको उपचारका क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार